‘मायावी’ मा करिश्मा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘मायावी’मा अभिनेत्री करिश्मा श्रेष्ठ अनुबन्धित हुनुभएको छ । दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रमा निर्माण युनिटले उहाँलाई मुख्य भूमिकाका लागि अनुबन्धित गरेको हो ।

यो चलचित्रको कलाकारको रूपमा यसअघि दीपिका प्रसार्इं, पल साह, सुशील सिटौला र समीम खान अनुबन्धित भइसक्नु भएको छ । । ‘एउटा साथी’ चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्नुभएकी करिश्माले ‘लभ सब’, ‘बाबु कान्छा’ लगायत चलचित्रमा अभिनय गर्नुभएको छ ।

अभिनेता राज कटुवालसमेत निर्माता रहेको ‘मायावी’को कथा निर्देशक भट्टराई स्वयंको हो । क्रिएटिभ सिने आर्टसको व्यानरमा निर्माण हुन लागेको चलचित्रमा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहने जनाइएको छ । चलचित्र असोज २ गतेबाट फ्लोरमा यो चलचित्रको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?