शिर्जनशीलतामा नयाँ आयाम थप्दै टिचट्रिक्स-२०२३ सम्पन्न

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । वर्तमान् प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठूलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाडौं शान्तिनगरस्थित न्यू समिट कलेज, शान्तिनगर, काठमाडौं र टिचट्रिक्स नेपालद्वारा आयोजित टिचट्रिक्स-२०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्वताका साथ समापन भएको छ ।

न्यू समिट कलेजका प्रिन्सिपल चोकराज दवाडीले सभापतित्व गर्नुभएको समापन समारोहमा स्वागत मन्तव्य कलेजका सञ्चालक समिति अध्यक्ष अजयप्रसाद ढकालले राख्नुभएको थियो । त्यस्तै त्रिवि लस्टका डिन प्राडा. विनिल अर्याल प्रमुख आतिथिका रुपमा आमन्त्रित हुनुहुन्थ्यो । ‘आइटी शिक्षामा विद्यार्थीहरूलाई आफूसँग भएको अन्तर्निहित क्षमता प्रस्फुरण गर्न चाहिने एथेष्ट अवसर यस कार्यक्रमले दिएको र आगामी विश्व आइटी शिक्षा र आइटी विज्ञले गर्नेमा दुइमत नभएको कुरा तपाईंहरूमा राख्न चाहन्छु,’ प्राडा.अर्यालले भन्नुभयो ।

विभिन्न विधामा सञ्चालित प्रतियोगिताका विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि प्राडा.अर्यालले एक लाख ५० हजार नगद पुरस्कार र प्रमाण पत्र विजेताहरूलाई वितरण गर्नुभएको थियो । जसअन्तर्गत आइटी क्वीमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । क्याल्स रोयल सञ्जय गौतमले जित्नुभएको थियो भने सुजन गौतम दोस्रो हुनुभएको थियो । पब्जीका विजेता भने केएफए कलेजका शुभम चित्रकारको समूह भएको थियो भने सुनिल गिरिको टिम हाइप उप विजेता बन्दा टप फ्रागरको उपाधि विषेष खड्कालाई गएको थियो । फिफा २३ विजेता जगदिज पाण्डे हुनुभएको भने उप विजेताको उपाधि समीर गुरुङलाई गएको थियो ।

तीन दिवसीय प्रयोगिताको मुख्य आकर्षण ह्याकाथन सेन्ट जेभियर कलेजले जितेको थियो भने उपविजेता उपाधि सगरमाथा कलेज र तेस्रो स्थान न्यू समिट कलेजलाई गएको थियो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णायकको भूमिकामा रहनुभएका विभिन्न विषय विज्ञ विश्वकाजी श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला, ई.आर.प्रवीन चौहान निर्णयको आधारमा विजेता घोषणा गरिएको थियो । कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगोलगायत सम्पूर्ण प्रायोजक तथा प्रत्यक्ष परोक्ष रूपमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिँदै कलेजका प्रिन्सिपल चोकराज दवाडीले समापन गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?