आज ६ वटा संसदीय समितिको बैठक, के–के बिषयमा हुँदैछ छलफल ?

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा समितिको कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिको मस्यौदा माथि छलफल हुनेछ ।

त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा मन्त्रालयबाट गरिएको श्रम आप्रवासनका सवालहरू र कुटनीतिक नियोगको भुमिका विषयक कार्यक्रमका सम्बन्धमा मन्त्रीबाट जानकारी लिने र समितिबाट गरिने अनुगमन कार्यविधि सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिमा दर्ता भएका उजुरीहरुमाथि छलफल हुनेछ भने बिहान ९ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समसामयिक विषयमाथि छलफल हुनेछ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा नेपाल सरकारका निकाय र सार्वजनिक संस्थामार्फत जनताका लागि गरिने सेवा प्रवाहका सम्बन्धमा दिन प्रतिदिन बढ्दो गुनासो र बढ्दो भ्रष्टचार निवारणका लागि राष्ट्रिय सतर्कता केन्द्रबाट भएका कामकारवाही, सुशासन प्रवद्र्धनमा चालिएका कदमहरु एवं प्रगति सम्बन्धमा छलफल हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?