काठमाडाैं । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा भएको ड्रोन आक्रमणमा कम्तिमा ३ जनाको निधन भएको छ भने ३० जना घाइते भएका छन् ।
इजरायली सेनाका प्रवक्ताकाअनुसार जेनिन शरणार्थी शिविरमा कारबाही गरिएको थियो । उत्तरी वेस्ट बैंकमा अवस्थित लडाकुहरुको गढ रहेको सो क्षेत्रमा आक्रमण गरिएको बताउनु भयो ।
इजरायलीहरु बिरुद्धको आक्रमणमा संलग्न भएको आशंकामा सेनाले दुई प्यालेस्टाइनी नागरिकलाई पक्राउ गरेको छ । इजरायली सेना भने सकुशल रहेको सेनाका प्रवक्ताले बताउनु भयो ।
फतह पार्टीसँग संवद्ध सशस्त्र संगठन अल अक्शा शहीद बिग्रेडका लडाकु मोहम्मद अबु अल बाहको घरलाई घेरिएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच