‘दिमाग खराब’को गीत सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘दिमाग खराब’को गीत सार्वजनिक गरिएको छ । तिहारको छेको पारेर आगामी कात्तिक २४ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’को गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो ।

जयन जे वाइवाको शब्द, संगीत तथा स्वर रहेको सार्वजनिक गीतको लिरिकल भिडिओमा चल अचल दृश्यमा प्रायः सबै कलाकारलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सले संयुक्तरूपमा निर्माण गरेको चलचित्रलाई आकाश बरालले लेख्नुभएको हो । निश्चल बस्नेतको निर्देशनमा निर्माण भएको यो चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंहलगायत कलाकारको अभिनय छ ।

रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउण्ड स्कोर छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?