यस्तो छ तपाईंको असोज ६ गते शनिबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०८० असोज ६ गते शनिबार, ई.सं. २३ सेप्टेम्बर, २०२३ । तिथि- भाद्र शुक्लपक्ष अष्टमी, ०७ः३८ बजेपछि नवमी, नक्षत्र- मूल, ११ः४२ बजेपछि पूर्वाषाढा, योग- सौभाग्य, करण- वव, चन्द्रराशि- धनु, सूर्योदय ५ः५३ सूर्यास्तः १७ः५८ ।

मेष : बन्दव्यापार र पेसाबाट नोक्सानी बेहोर्नुपर्ने देखिन्छ ।

वृष : तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुनसक्छ ।

मिथुन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।

कर्कट : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

सिंह : सिर्जनात्मक क्षेत्रमा समय र धन लगानी गर्ने समय आएको छ ।

कन्या : जीवनसाथीका बीचमा मनोमालिन्य हुन सक्छ ।

तुला : हाँकेका, ताकेका काम सम्पन्न हुन थाल्नेछन् ।

वृश्चिक : मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ ।

धनु : एक्लोपन र निराशाले सताउनेछ ।

मकर : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।

कुम्भ : परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ ।

मीन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?