गमगढीमा भीषण आगलागीः ८ घरसहित ९ पसलहरु जले, करोडौंको धनमालको क्षति

हिमालय टाइम्स
Read Time = 4 mins

नृपेन्द्र बहादुर मल्ल, मुगु । मुगु जिल्ला सदरमुकाम गमगढीमा शुक्रबार राती आगलागी हुदा ८ घरसहित ९ पसल जलेर खरानी भएका छन । गए राति १२ बजे गमगढी बजारको कृष्णचोक हुदै न्युरोड जाने सडकको छेउमा पर्ने घर तथा पसलहरु जलेर खरानी भएका हुन ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार, आगलागीबाट पुतली मल्ल, प्रदिप रावल, पंच सेजुवाल, साल्तोना खत्री, जंग ऐडी, सोनाम लामा र तार्के लामाका घर पदमराज मल्लको टिनको टहरा जलेर खरानी भएको हो ।

ती घरहरुमा विभिन्न व्यवसाय गदै आएका नरेश शाही कप्युटर पसल, पुर्णालक्ष्मी मल्ल एलपी ग्यास गोदाम, लक्ष्मी मल्ल होटेल, पदमराज मल्ल फेन्सी पसल,उ द्धीम भाम होटेल, रुपदेवी बुढा तरकारी पसल, शेरबहादुर मल्ल तरकारी पसल, महम्मत साकिर कवडिया टेलर्स र सान्तराज मल्ल हेयर कटिङ्ग व्यवसाय पनि आगलागीबाट खरानी भएका छन ।

आगलागी कसरी भयो र क्षती कती भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान र मुचुल्का उठाउने कार्य गरिरहेको छ । सदरमुकाम मुटुमा रहेका घर र व्यवसाय भएकाले करोडौको क्षति अनुमान गरिएको छ । आगो नियन्त्रण गर्ने गमगढी बजारमा वितरित खानेपानीको प्रयोग गरेर नेपाल प्रहरी, शसस्त्र प्रहरी,नेपाली सेना र नगरप्रहरीले विहान ५ बजे आगो नियन्त्रण लिएको थियो ।

प्रत्येक वर्ष मुगुमा विभिन्न बिपत्ले सताईरहँदा स्थानीय त्रसित भएका छन । २०७८ साल कार्तिक २९ गते गमगढी बजारको तल्लो बजारमा आगलागी हँुदा २३ घर खरानी हुनुका सार्थै करोडाँैको क्षति भएको थियो । सोही वर्ष असोज २७ गते पिना तपने खोलामा यात्रुबाहक बस दुर्घटना हुँदा ३३ जना र गत वर्ष असोज १७ देखि २३ गतेसम्म परेको वर्षाले गाँउ माथिबाट पहिरो आउँदा सालिम गाँउमा ८ जनाको मृत्यु भएको थियो भने जिल्ला भरी सयाँै जना बाढी पीडित भएको आलो घाउ सेलाउन नपाउँदै शुक्रबार पुनः आगलागी भएर करोडाँैको क्षति भएपछि स्थानिय त्रसित छन ।

आगलागीबाट पिडित घरधनी, व्यवसायी र घरबहालवालाहरुलाई स्थानिय सरकारकाले तत्काल सहयोग गर्ने छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णु कुमार भामले बताउनुभयो । उहाँका अनुसार, घरधनीलाई प्रतिघरधनी ५० हजार र अरुलाई उपयुक्त नगद सहयोग गरिने छ । तत्काल खाना र बस्नको लागी आर्थिक सहयोग गरे पनि दीर्घकालका लागी घर पुनर्निमाण गर्न पहल गर्ने पनि नगरप्रमुख भामले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?