सितारा सहकारीले १७ प्रतिशत लाभांश दिने

हिमालय टाइम्स
Read Time = 1 min

रूपन्देही । सितारा बचत तथा ऋण सहकारी संस्थाको १६औँ साधारणसभा शनिबार तिलोत्तमामा सम्पन्न भएको छ । सहकारीको साधारणसभा उद्घाटन संस्थाका संस्थापक अध्यक्ष रामबहादुर खड्काले गर्नुभयो । सहकारीका अध्यक्ष मात्रिका ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा खड्काले सहकारी ऐन नियम र कानुनअनुसार सञ्चालन भएका सहकारीमा कुनै समस्या नरहेको बताउनुभयो । गलत मनसायले सञ्चालन गरेका सहकारीले भने सहकारी क्षेत्रकै बदनाम गरेको उहाँको भनाइ थियो ।

सो अवसरमा अध्यक्ष ज्ञवालीले प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षभन्दा सेयर संख्या थप भएको आर्थिक कारोबारमा मितव्ययिता अपनाई यस वर्ष १७ प्रतिशत लाभांश दिइने बताउनुभयो । २०६४ सालमा २५ जनाबाट सुरु भएको सहकारीमा सदस्य संख्या बढेर सात सय २६ पुगेको उहाँले जानकारी दिनुभयो । लेखा संयोजक कृष्णप्रसाद आचार्यले लेखा सुपरीवेक्षण प्रतिवेदन र कोषाध्यक्ष पिताम्बर खनालले आयव्ययको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?