काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढीरहेको र मानिसहरुले विज्ञ, देशको सेवामा लाग्ने, देशको लागि सहयोग गर्ने, डेडिकेटेड व्यक्ति छानेर भोट हाल्ने गरेको बताउनु भयो । उहाँले जनताले जाति भन्दा पनि देशलाई सहयोग गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘मुस्लिम दाजुभाइहरुले एक भएर अघि बढे भने मलाई विश्वास छ, अवश्य नै कति साथीहरु चुनावमा मज्जाले जितेका छन् । धेरै साथीहरु चुनाव जितेका छन् । भोलि पनि जित्न सक्छन् । अहिले राम्रो कुरा के छ भने जातको आधारमा भोट हाल्ने भन्दा पनि व्यक्तिको आधारमा भोट हाल्ने चलन छ । अहिले मान्छेले बुझेका छन् । हिजो अस्ति जातको कुरा भएपनि अब सबै हटिसकेको छ । जो विज्ञ छ, सेवा गर्छ,सहयोग, काम गर्छ, डेडिकेटेड छ, त्यसलाई भोट हाल्ने पद्धति बढेको छ । यो राम्रो कुरा हो । जनताले जाति भन्दा पनि देशलाई सहयोग गर्नुभएको ।’
सभापति देउवाले पार्टीले धेरै कुरा गर्न नसकेको भएपनि मुस्लिम धर्मावलम्वीहरुका लागि समानुपातिक समावेशी हिसावले आरक्षण गरेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच