निलगिरी हिमालबाट ‘मायावी’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । चलचित्र ‘मायावी’को छायांकन सुरु भएको छ । आइतबारबाट मुस्ताङको निलगिरी हिमाल क्षेत्रबाट चलचित्रको छायांकन सुरु भएको हो । नेपाल र भारतका विभिन्न क्षेत्र गरेर ३५ दिनको छायांकन सेडुलसहित चलचित्रको छायांकन सुरु गरिएको निर्देशक दिवाकर भट्टराईले जानकारी दिनुभयो ।

निलगिरी आसपासमा अभिनेता पल शाह, अभिनेत्री दीपिका दीपिका प्रसाईं र नवअभिनेता समिम खान फिचर्ड गीतको सुटिङ गर्दै चलचित्रको छायांकन सुरु गरिएको निर्देशक भट्टराईले बताउनुभयो ।

यो चलचित्रमा पल, दीपिकाको अलवा सुशील सिटौला, करिश्मा श्रेष्ठ, प्रशान्त ताम्राकारलगायतको अभिनय रहनेछ । नीलगिरिपछि पोखरा र त्यसपछि भारतमा चलचित्रको छायांकन हुनेछ । चन्द्र पन्त र राज कटुवाल यस चलचित्रका निर्माता हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?