गाई चित्र अंकित ‘मेडालियन सिक्का’ बिक्री सुरु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंक टक्सार महाशाखा सुन्धाराबाट बबरमहलमा स्थानान्तरणपछि पुराना मेसिन मर्मतसम्भार गरी मुद्रणसम्बन्धी कार्य सुरु गरेको हो । सोही क्रममा महाशाखाले राष्ट्रिय जनावर गाईको चित्र अंकित ‘मेडालियन सिक्का’को बिक्री सुरु गरेको छ ।

टक्सार महाशाखामा आयोजित एक कार्यक्रमबीच गभर्नर महाप्रसाद अधिकारीले सिक्का सार्वजनिक गर्नुभएको थियो । महाशाखाले १० ग्राम र २५ ग्रामका दुर्ई किसिमका चाँदीका मेडालियन सिक्काको बिक्री सुरु गरेको हो । १० ग्राम सिक्काको एक हजार छ सय र २५ ग्राम सिक्काको चार हजार मूल्य निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदी गलान गरी मेडालियन सिक्का टकमरी गरिएको टक्सार महाशाखाले जनाएको छ ।

महाशाखका अनुसार दुवै सिक्कामा नौ सय ९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?