बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ

Read Time = 1 min

काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-५ घर भई हाल काठमाडौंको सामाखुसीमा बस्‍दै आइरहेका २९ वर्षीय पुरूषोत्तम अधिकारी रहेका छन् ।

अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत महाराजगञ्जमा पठाइएको प्रहरीको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?