दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा बाराको दशगजा क्षेत्रमा एक नेपालीको शव फेला परेको छ।

पचरौता नगरपालिका-१ पिपरपातीका ३३ वर्षीय अमरेश कुमार सिंहको शव हत्या गरिएको अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ।

अमरेश कुमारको शरीरमा पछाडिबाट धारिलो हतियारले प्रहार गरेको अवस्थामा शव फेला परेको बाराका प्रहरी उपरीक्षक सुरेश प्रसाद काफ्लेले बताउनु भयो।

सिंहले सशस्त्र प्रहरी बल, नेपालको सशस्त्र प्रहरी जवानमा पाँच वर्ष जागिर गरी छोडेका थिए सशस्त्रको जागिर छोडे पछि उनले केही महिना भारतको बरहर्वा र नेपालको पिपरपाती नाकामा रक्सी पसल समेत सञ्चालन गरेका थिए।

सिंह रक्सी पसललाई छोडेर अहिले गाउँमै खेतीपाती गर्दै आएका थिए। सिंहको हत्याको अनुसन्धानको सिलसिलामा भारतीय नागरिक राहुल साह र सामलाल महतोलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?