काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुनः दरखास्त आह्वान गरिएको छ ।
उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति ले दोस्रो पटक दरखास्त आह्वान गरेको हो।
समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको थियो ।
इच्छुक व्यक्तिले कार्यविधिमा उल्लिखित कागजातसहित सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिन सक्नेछन् । प्रकाशित भएको दरखास्त आह्वानको सूचना रद्ध गरिएको थियो ।
यसअघि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले पुस २० गते सूचना जारी गरेको थियो । उक्त सुचनामा योग्यतासम्बन्धी मापदण्ड विवादित बनेको थियो । खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिने भनिएपनि विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको थियो।
जारी सुचनामा प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अन्य सरोकारवारावालाले असहमति व्यक्त गरेपछि रद्ध गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच