परिणितीले कसिन लगनगाँठो

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेत्री परिणिती चोपडाले लगनगाँठो कस्नु भएको छ । उहाँले आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डासँग आइतबार लगनगाँठो कस्नुभएको हो । परिणितीले सोमबार आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत तस्वीर साझा गर्दै विवाहका बारेमा जानकारी गराउनुभएको हो ।

उहाँले आफ्नो विवाहका सात वटा तस्वीर साझा गर्दै लेख्नुभएको छ, ‘ब्रेकफाष्ट टेबलमा हामीबीचको त्यो पहिलो कुराकानीमै हामीले थाहा पाइसकेका थियौं । यो दिनका लागि लामो समय कु¥यौं । अन्ततः श्रीमान् श्रीमती हुन पाउँदा अत्यन्त हर्षित छौं । हामी एक अर्का बिना बाँच्नै सक्दैनथ्यौँ । हामी सदाका लागि एक अर्काको भएका छौं र यो हाम्रो सुरुवात हो ।’

परिणिती र राघव एक अर्कालाई कलेजको दिनदेखि चिन्नुहुन्थ्यो तर सम्बन्ध भने सन् २०२२ मा एक पञ्जावी चलचित्रको सेटबाट सुरु भएको थियो, जहाँ राघव परिणितीलाई भेट्न पुगेका थिए । ६ महिनाअघि यी दुईलाई एक रेस्टुरेन्ट बाहिर देखेपछि यी दुईको अफेयरको खबर चर्चामा रहृयो । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?