गोदरेजको दशैँ-तिहार अफर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ६५ वर्षको इतिहास बोकेको इण्डियाको चर्चित होम अप्लायन्स तथा रेफ्रिजिरेटर ब्राण्ड गोदरेजले गज्जबको गोदरेज, कमालको अफर नामक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले गोदरेजका विभिन्न होम अप्लायन्स खरिदमा आकर्षक क्यासब्याक विशेष उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सीमित अवधि लागू हुने यस योजनामा ग्राहकहरूले कुनै पनि गोदरेजका सामान खरिदमा २५ प्रतिशतसम्मको अधिकतम छुट र अन्य आकर्षक उपहार पाउन सक्नेछन् । फ्रन्ट लोड वासिङ मेसिन खरिदमा छ केजी एरियल म्याटिक वासिङ पाउडर तथा टप लोड वासिङ मेसिन र सेमी अटोमेटिक वासिङ मेसिन खरिदमा तीन लिटर एरियल म्याटिक वासिङ लिक्विड प्राप्त गर्न सक्नेछन् । गोदरेजको साइड बाई साइड रेफ्रिजिरेटर खरिदमा सिजीको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्नेछन् भने सिंगल तथा डबल डोर रेफ्रिजिरेटर खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्नेछन् । गोदरेजको चेस्ट फ्रिजर खरिदमा समेत क्यासब्याकको व्यवस्था रहेको छ ।

माइक्रोवेभ ओभनमा भने अति उपयोगी कुकिङ किट पाउन सकिनेछ । एयर कन्डिसनर खरिदमा सित्तैमा जडान, फ्री डेलिभरीलगायतका सुविधा पनि रहेका छन् । साथै एक्सचेन्ज अफर र होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । गोदरेजकोे आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएल रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?