मिस एण्ड मिसेस युनिभर्सलको सिजन-२

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मिस एण्ड मिसेस युनिभर्सलको सिजन-२ सम्पन्न भएको छ । स्पार्कल इनटरटेर्मेन्टको आयोजनामा जमलस्थित नाचघरमा एक विशेष कार्यक्रमबीच मिस एण्ड मिसेसगरी १५ जना प्रतिस्पर्धी रहेको प्रतियोगितामा मिसेसको ताज सुष्मिता सुवेदीले आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ ।

प्रतियोगितामा फष्ट रनरअपमा एलिना श्रेष्ठ र सेकेण्ड रनरअपमा तिलु राणामगर हुनुभएको छ । त्यस्तै मिसतर्फको ताज दीया भट्टराईले आफ्नो पोल्टामा पार्नुभयो भने फष्ट रनरअप प्रशंसा पोखरेल र सेकेण्डमा कमला श्रेष्ठ हुनुभएको छ ।

प्रतियोगिताको निर्णयकमा पूर्वमिस नेपाल उषा खड्गी, सञ्जय खतिवडा, गायक ओम सुनार, न्युलुकका अध्यक्ष विश्वकरण जैन र नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता निता सापकोटा रहनुभएको थियो ।

प्रमुख अतिथिको रूपमा पूर्वमन्त्री तथा संसद माननीय सत्य पहाडी हुनुहुन्थ्यो । मिस एण्ड मिसेस युनिभर्सलको ब्राण्डएम्बेसडर पूर्वमिस नेपाल उषा खड्की र कोरियोग्राफर रोजिन शाक्य रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?