क्यानले नेपाल प्रिमियर लिग आयोजना गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग आफैं आयोजना गर्ने भएको छ । क्यानको बोर्ड बैठकले एनपिएल आगामी वर्ष आफैं आयोजना गर्ने निर्णय गरेको हो । क्यानले लिग २०२४ मार्च-अप्रिलमा आफैं आयोजना गर्ने गरी आवश्यक तयारी अगाडि बढाउने निर्णय गरेको छ ।

त्यस्तै, अन्य फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगिताहरू विदेशी खेलाडीबिना घरेलु लिगमा गर्न दिने निर्णय गरेको छ । एभरेष्ट प्रिमियर लिग (इपिएल) ले विदेशी खेलाडीसहितको लिग आयोजना गर्न माग गरेको थियो । इपिएलको माग एनपिएल प्रतियोगिता सम्पन्न भएपछि बोर्ड बैठकपछिको छलफलपछि मात्रै आयोजना गर्न दिने निर्णय गरेको छ ।

यसअघि क्यानले नेपाल टी-२० लिग गत पुसमा सम्पन्न गरेको थियो । तर, फिक्सिङ, पारिश्रमिक, मालिकको पहिचानै नखुल्ने लगायत विभिन्न कारणले लिग विवादिन बनेको थियो ।

यस्तै, प्रधानमन्त्री कप पहिलोपटक राउण्ड रोबिन लिग र डे शैलीमा हुने भएको छ । क्यानले प्रधानमन्त्री कप ७ प्रदेश र तीन विभागीय टोलीबीच राउण्ड रोविनका आधारमा गर्ने निर्णय गरेको छ । त्यस्तै, सेमिफाइनल दुई दिवसीय लिग र फाइनल तीन दिवसीय शैलीमा हुने भएको छ । अर्थात् सेमिफाइनलका खेल दुई दिनको हुनेछ । फाइनल तीन दिनको हुनेछ । सेमिफाइनल र फाइनल टेस्ट शैलीमा जस्तै डे क्रिकेट हुने निर्णय क्यानले गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?