नातिकाजी संगीत श्रवण साँझ सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नातिकाजी संगीत श्रवण साँझ-२०८० सम्पन्न भएको छ । सांस्कृतिक संस्थानको प्रेक्षालयमा मंगलबार नातिकाजी संगीत श्रवण साँझ-२०८० सम्पन्न भएको हो । काठमाडौं महानगरपालिकाको प्रस्तुति तथा नातिकाजी स्मृति समाज र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा आयोजित सांगीतिक साँझमा नातिकाजीका २० वटा कालजयी संगीत प्रस्तुत गरिएको थियो ।

नेपाली संगीतमा पुस्ता हस्तान्तरणको एउटा कडीका रूपमा यो कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले बताउनुभयो ।

समारोहमा संगीत महर्षि नातिकाजी श्रेष्ठका ‘यो नेपाली शिर उचाली, नेपाली हामी रहौंला कहाँ, काली पारी दाइ कति राम्रो, पहाड बसी वनमा खेली, फूलको थुंगा बगेर गयो, वनमा फुल्यो फूलै फूल, कस्तुरीको बास आउँछ भन्छन्, पर लैजाऊ फूलहरू, सपना भुलाई सारा, आजै र राति, उकाली आरोलाीहरूमा, यस्तो पनि हुँदोरैछ, मर्न बरू गाह्रो हुन्न, तिमी आउँछौं भन्ने आसैआसमा, तिमीले त होइन, रानी तलाउ’ गीत प्रस्तुत गरिएको थियो ।

अमूल कार्की ढलीको संगीत संयोजन तथा परिचालनमा सम्पन्न सांगीतिक साँझमा प्रत्यक्ष वाद्यवादनमा कलाकारले गीत प्रस्तुत गरेका थिए । ‘ओम हरहर महादेव’ गीतमा समूह गायनसँगै सो सांगीतिक साँझ सुरु भएको थियो ।

गायक आनन्द कार्की, रामकृष्ण ढकाल, देविका बन्दाना, शिव परियार, सुरेश लामा, माण्डवी त्रिपाठी, प्राश्ना शाक्य, निशा देशावर, रचना रिमाल, विकास राणा, बेनिशा पौडेल, स्मिता दाहाल, सञ्जय तुमरुक, अन्नु चौधरी, मञ्जु थापा, पूजा देवकोटा, सुप्रिय मल्ल, मेचु धिमाल, धर्म मुनिकारले गायन प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?