पहिरोको पूर्वसूचना परियोजना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । खानी तथा भूगर्भ विभाग र जर्मन सरकारको संलग्नता रहेको ‘जेओ टेक्निकल इमर्जेन्सी एण्ड रिस्क प्रोडक्सन इन नेपाल’ (जिइओएस) बीच सम्झौता भएको छ । सम्झौतासँगै पहिरोको पूर्वसूचना सम्प्रेषण गर्ने परियोजनाको सुरुवात भएको छ । परियोजना नेपालको भू-प्राविधिक आपत्कालीन तयारी र जोखिम पूर्वानुमानको क्षेत्रमा महत्वपूर्ण कोसेढुंगा साबित हुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताउनुभयो ।

जर्मन सरकार र सम्बद्ध संस्थाहरूले भूविज्ञान र विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा नेपाललाई सहयोग प्रदान गर्दै आएका छन् । मन्त्री रिजालले भन्नुभयो, ‘नेपाल एक अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हुनुका साथै विभिन्न प्राकृतिक प्रकोपको जोखिमसमेत उत्तिकै छ, यस्ता जोखिममध्ये पहिरो एक प्रमुख जोखिम हो । नेपालमा पहिरो जानुको मुख्य कारण भूकम्प, अत्यधिक वर्षा र बढ्दो जनसंख्याको आवश्यकता परिपूर्ति गर्न अव्यवस्थित शहरीकरण र पूर्वाधार निर्माण आदि हुन् ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?