कांग्रेसले कार्यशैली र सोच बदलेर युवाहरूलाई पार्टी संगठनमा जोड्ने बेला आएको छ : उदय शम्शेर राणा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले कांग्रेसले आफ्नो कार्यशैली र कार्यनीति सच्याएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ ।

उहाँले पछिल्लो समय पुराना राजनीतिक दलहरुप्रति युवाहरुमा मोह घटेको उल्लेख गर्दै युवालाई केन्द्रमा राखेर कांग्रेसले आफ्नो नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनु भयो ।

शनिबार सिन्धुली कांग्रेसको दुधौली नगरपालिकाको नगर सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो, ‘काङ्ग्रेसको आफ्नो कार्यशैली र सोच बदल्ने बेला आएको छ । युवाहरूलाई पार्टी संगठनमा जोड्ने र उनिहरूमा आशा जगाउने कार्यक्रमहरू ल्याउनुपर्छ ।’

उहाँले पछिल्लो समय काङ्ग्रेस सकियो भनेर अपवाह फैलाउन खोजिएको बताउनु भयो। नयाँ राजनीतिक दलहरूको उदयले परम्परागत दलहरूको भविष्यलाई लिएर टिकाटिप्पणी हुने गरेक‍ो उल्लेख गर्दै उहाँले कांग्रेसभित्र निराशा देखिए पनि आत्तिने अवस्था नरहेको प्रष्ट पार्नुभयो । ‘२०६४ सालको चुनावपछि पनि काङ्ग्रेस सकियो भन्थे तर हामी २०७० मा हामी फर्कियौ । अहिले फेरि त्यहीँ भाष्य निर्माण गर्न खोजिदैछ। तर आत्तिनुपर्ने बेला छैन । हामी संयमीत भएर आफ्नो कार्यशैली सच्याएर अगाडि बढ्यौ भने अर्को चुनाव बहुमत ल्याउन सक्छौं । हामी निरास होइन, सङ्गठित भएर गाउँ गाउँमा कृयाशील हुनुपर्छ ।’

पूर्व अर्थराज्यमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता राणाले  लोकप्रिय कुरा गरेर चर्चामा आउने तर काम नगर्ने प्रवृत्तिको अन्त्य गरेर कांग्रेस सरकार सञ्चालनको स्पष्ट दृष्टिकोण अगाडि आउने सके आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने दावी गर्नुभयो ।

‘यो भएन, त्यो भएन भनेर मात्रै हँदैन । अब हामी विकल्प दिएर अगाडी बढ्ने हो। काङ्ग्रेस एक्लै चुनावमा जाने सामर्थ्य राख्छ। त्यसका लागि हामी सुध्रिन र सच्चिन जरुरी छ,’  उहाँले भन्नुभयो ‘अहिलेको निर्वाचन प्रणाली अनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउदैन । त्यसैले यसमा पुनर्विचार गर्नुपर्छ। समानुपातिक व्यवस्थालाई व्यवस्थित गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?