गुल्मीमा दुई वर्षमा ७१८ जनाको सम्बन्ध विच्छेद

सांकेतिक तस्बिर

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । गुल्मीमा दुई वर्षमा ७१८ को सम्बन्ध विच्छेद भएको छ । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ३६९ जना र २०७९/०८० मा ३४९ जनाको सम्बन्ध विच्छेद भएको जिल्ला समन्वय समिति गुल्मीको तथ्याङ्कमा उल्लेख छ ।

जिल्लाको रेसुङ्गा नगरपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ३९ जना र २०७९/०८० मा ५२ जनाको सम्बन्ध विच्छेद भएको छ । मुसिकोट नगरपालिमा आर्थिक वर्ष २०७८/०७९ मा १२८ जना र २०७९/०८० मा ५१ जनाको सम्बन्ध विच्छेद भएको छ । कालीगण्डकी गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ११ जना र २०७९/०८० मा ५३ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ ।

सत्यवती गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा २३ जना र २०७९/०८० मा २० जनाको सम्बन्ध विच्छेद भएको छ । चन्द्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ११ जना र २०७९/०८० मा १५ जनाको सम्बन्ध विच्छेद भएको छ । रुरुक्षेत्र गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा २१ जना र २०७९/०८० मा २० जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख छ ।

छत्रकोट गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ६६ जना र २०७९/०८० मा ५२ जनाको सम्बन्ध विच्छेद भएको छ । गुल्मीदरबार गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा २७ जना र २०७९/०८० मा ३६ जनाको सम्बन्ध विच्छेद भएको छ । धुर्कोट गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा १० जना र २०७९/०८० मा १५ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

इस्मा गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा १६ जना र २०७९/०८० मा ३१ जनाको सम्बन्ध विच्छेद भएको छ । मालिका गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा १२ जना र २०७९/०८० मा २३ जनाको सम्बन्ध विच्छेद भएको छ । मदाने गाउँपालिकामा आर्थिक वर्ष २०७८/०७९ मा ५ जना र २०७९/०८० मा २१ जनाको सम्बन्ध विच्छेद भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?