सिरहामा बस दुर्घटना, एक जनाको मृत्यु, २६ जना घाइते

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

सिरहा । सिरहामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।

सिरहाको गोलबजार नगरपालिका(९ मारुति सिमेन्ट उद्योग अगाडी राजविराजबाट जनकपुर जाँदै गरेको ना४ख ६१८७ नम्बरको बस शुक्रबार अपरान्ह दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको परिचय खुल्न सकेको छैन।

शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको छ। घाइतेहरूको गोलबजार, मिर्चैया, चोहर्वाका निजी स्वास्थ्य संस्थाहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।

लङ्ग लाइफ अस्पतालमा ९ जना, भूमिजा अस्पतालमा १३ जना, रोजी मेडिकलहलमा दुई जना र मिर्चैयास्थित मंगलम अस्पतालमा दुई जना र लहानमा एक जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र राज पाण्डले जानकारी दिनुभयो।

‘अहिलेसम्म सम्पर्कमा आएका २७ जना बिरामी भए पनि अझै घाइते हुनसक्छ, कतिपय बिरामीहरू एम्वुलेन्सले लगेर विभिन्न अस्पतालमा उपचार गराइरहेकाले विवरण प्राप्त भइरहेको छस सूचना अधिकारी पाण्डले बताउनु भयो।

विग्रिएको बाटोमा अनियन्त्रीत भई बस पल्टिएको हुसक्ने अनुमान प्रहरीको रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?