माओवादीको पदाधिकारी बैठक भाेलि बस्ने

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक भोलि (मंगलबार) बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि विहान ८ बजे बालुवाटारमा बस्नेगरि बैठक बोलाउनु भएको हो ।

सो बैठकमा प्रधानमन्त्री दाहालको हालै सम्पन्न भएको संयुक्त राष्ट्रसंघको भ्रमणदेखि चीन भ्रमणसम्मको बारेमा छलफल हुने बताईएको छ ।

यसको साथै ‘जनतासँग माओवादी’ नामक तीन महिने अभियानको बारेमा पनि बैठकमा समिक्षा हुने जनाईएको छ ।

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच भएको एकता प्रक्रियाको प्रगतिबारे पनि बैठकमा समिक्षा हुने भएको छ । पछिल्लो समय माओवादीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकताको लागि प्रयास गरेको छ । तर, अध्यक्ष बाबुरामलाई बाईपास गरेर अर्का अध्यक्ष महिन्द्रराय यादवलाई मात्रै एकताको लागि पत्राचार गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?