यो सरकारले पिए मात्रै लिएर बिदेश जाऊँ भनेर सभामुखको अपमान गर्‍याे : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले प्रतिनिधिसभाको सभामुखको अपमान गरेको आरोप लगाउनु भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता ओलीले सभामुख देवराज घिमिरेको आयरल्याण्ड भ्रमणको बिषयलाई लिएर सो आरोप लगाउनु भएको हो ।

‘सभामुखलाई आयरल्याण्डको औपचारिक भ्रमण गर्न निम्तो आयो तर यो गठबन्धन सरकारले सभामुखलाई पिएबाहेक अरुलाई लैजान पाउँदैन भनेर अपमान ग¥यो,’ ओलीले भन्नुभयो, ‘सभामुखजस्तो गरिमामय पदको ख्यालसमेत गरेन्, सम्मान सरकारमा भएकालाई मात्रै चाहिने ? अरूलाइ चाँही अपमान गर्ने, सभामुख पदको गरिमाको ख्याल गर्नु पर्दैन ।’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका र चीन भ्रमण जाँदा जम्बो टोली लिएर जाने तर सभामुख घिमिरेलाई पिए मात्रै लैजाऊ भनेर अरु लैजान नदिएकोमा पनि आपत्ति जनाउनु भयो ।

उहाँले यसअघि सभामुखहरुको औपचारिक भ्रमणमा कतिसम्म प्रतिनिधिहरुलाई पठाउने गरिन्थ्यो ? त्यो ख्याल नगरी प्रचण्ड सरकारले मानमर्दन गरिएको उहाँको थप आरोप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?