सिड्नीमा ‘प्रकाश सपुत लाइभ इन कन्सर्ट’ हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा गायक प्रकाश सपुतको लाइभ कन्सर्ट हुने भएको छ । यही आउँदो डिसेम्बर १७ तारिख २०२३ आइतबारका दिन सिड्नीमा उहाँको प्रस्तुति रहने बताइएको छ । सपुतलाई याक एण्ड यति इभेन्ट र यात्री इन्टरटेनमेन्टको संयुक्त रूपमा सिड्नी ल्याउन लागेको याक एण्ड यति ईभेण्टका सञ्चालक आशिष भण्डारीले जानकारी दिनुभयो ।

नेपाली सांगीतिक क्षेत्रमा सर्वाधिक चर्चामा रहनुभएका गायक तथा नायक प्रकाश सपुतको साथमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन ३’ की विजेता गायिका सज्जा चौलागाईं र गायक कुमा सागरको समेत प्रस्तुति रहने यात्री इन्टरटेनमेन्टका रविन थापाले बताउनुभयो । कार्यक्रम १०५ भिक्टोरिया रोड मेरिक्भिल एनएसडब्लु सिड्नी अष्ट्रेलियामा साँझ ७ बजेदेखि ११ बजेसम्म हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?