छारुङमा पनि टेलिकमको सेवा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती टिंकरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका १ स्थित उत्तर पश्चिमी नाका टिंकरमा नेपाल टेलिकमले भिस्याट प्रविधिमार्फत् टुजी प्रविधि सेवा सञ्चालनमा ल्याएको हो । कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट टिंकर पुर्‍याएको थियो ।

पहिले सो क्षेत्रमा भिस्याट प्रविधिका दुर्ई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने टिंकर क्षेत्रमा रहेका करिब पाँच सय सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्नेछन् । यसबाहेक सो क्षेत्रका सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरीका साथै पर्यटकसमेत लाभान्वित हुने कम्पनीले जनाएको छ ।

करिब तीन हजार सात सय मिटर उचाइमा रहेको टिंकर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दूरीमा रहेको छ । त्यहाँबाट करिब आठ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित एक नम्बर पिलर पुग्न सकिन्छ । टेलिकमले प्रतिफल कम आउने र तुलनात्मकरूपमा लगानी बढी हुने स्थानमा समेत समानरूपमा सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै टिंकरमा समेत सेवा सञ्चालनमा कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?