गुल्मीमा एकीकृत सूचना प्रणालीको सुरुवात

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी। गुल्मीमा एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको छ । जिल्ला समन्वय समितिले सरोकारवाला सबैलाई सहज रुपमा सूचना प्रवाह गर्नका लागि एकीकृत सूचना प्रणालीको सुरुवात गरेको हो ।

देश संघीयता गएसँगै स्थानीय तह गठनपछि जिल्लाभरको एकीकृत सूचना पालिकागत रुपमा छिन्नभिन्न भई सहज रुपमा सरोकारवालालाई सूचना प्रवाह नभएको हुँदा यहाँ एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको समन्वय प्रमुख द्रोणबहादुर खत्रीले बताउनुभयो ।

जिल्ला समन्वय समितिको सातौं जिल्ला सभाको समापनसंगै समन्वय प्रमुख खत्रीले पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै यस जिल्लामा एकीकृत सूचना प्रणालीको सुरुवात गरिएको बताउनुभयो । संघ र प्रदेश सरकारबाट आवश्यक बजेटको व्यवस्था नहुँदा सबै जिल्लामा लागू गर्न नसकिएको भन्दै यहाँ सुरुवात गरिएको उहाँको भनाई छ ।

जिल्लामा रहेको दुई नगरपालिका र दश गाउँपालिका, विभिन्न सरकारी कार्यालयबाट सबै प्रकारका तथ्याङ्क संकलन गर्न निकै चुनौती भएको भन्दै आफुहरुले सकेसम्मको सूचना तथा तथ्याङ्क संकलन गरी सार्वजनिक गरिएको बताउनुभयो ।

यो पहिलो वर्ष पूर्ण सूचना नहुन पनि सक्छ । तर, आगामी वर्षदेखि प्रर्याप्त सुचना दिन सक्नेछौं भन्दै प्रशासनिक सेवा, विकास निर्माण, जिल्लाको शैक्षिक, स्वास्थ्य, कृषिको अवस्था, मानव विकास र पञ्जीकरण लगायतका तमाम तथ्याङ्कहरुको जानकारी गराउनुभयो ।

त्यस्तै, आफ्नै अधिकार क्षेत्र रहे पनि ऐन, कानूनहरु नबन्दा कार्यान्वयनमा समस्या आइरहेको भन्दै ऐन कानुन निर्माण नभएपनि संघ र प्रदेश सरकारबाट सञ्चालन भएका विकास, निर्माण र कार्यक्रमहरु प्रभावकारी बनाउन समन्वय समितिले भूमिका खेलेको र अनुगमनको पाटोलाई चुस्त बनाएको उल्लेख गर्नुभयो ।

संघ र प्रदेश मातहतका विकासे अड्डाहरुलाई विकास निर्माणको काम गुणस्तरीय र तीव्र रुपमा अगाडी बढाउन जिल्ला समन्वयले पहल गर्ने भन्दै गत आर्थिक वर्षको वार्षिक समीक्षा गोष्ठीको छलफल मिहिनढंगबाट चलाइएको र देखिएका कमजोरी सुधार गर्दै थप रचनात्मक ढंगले अगाडी बढ्ने जिल्ला सभाले निणर्य गरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?