कसैको मन नदुखाईकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम हो : अध्यक्ष ओली

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिनुभएको छ ।

विपक्षी र सञ्चार माध्यामहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताउनु भयो ।

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रवार उद्घाटन गर्दै उहाँले कुरा मिलेन भने स्वस्थ प्रतिष्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरुमा भनेको कुरालाई नसुनेको भन्दै सञ्चार माध्यमप्रति पनि गुनासो गर्नुभयो । उहाँले आफ्नै साथीको मन दुख्ने भएकाले पनि निर्वाचनबाट भन्दा सर्वसम्मतीमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्क समेत गर्नुभयो ।

कसैको पनि मन नदुखाईकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम भएको ओलीको भनाई थियो । उहाँले निर्वाचनको नाममा कतिपय ठाउँमा अनुचित काम भएको निष्कर्ष निकाल्दै त्यसो नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

ओलीले भन्नुभयो, ‘मैले के अपेक्षा गरेको छु भने–उपत्यका विशेषले जस्तो विभिन्न हाम्रा विपक्षीहरुले हाम्रा अधिवेशनहरुको सन्दर्भमा टिकाटिप्पणी गर्न पाएका छन एकोहोरो खालको । अर्को प्रकारको टिकाटिप्पणी गर्ने मौका यस अधिवेशनले देओस् । अहिलेसम्म लडे, भिडे भन्ने सन्देश प्रवाहित गरेको छ । यस अधिवेशनले सर्वसम्मति गरेर डमोक्रेसी नै भएन भन्ने त्यो मौका पनि दिऊ विपक्षीहरुलाई । यसबाट त्यो सुरु गरौं भन्ने म आग्रह गर्न चाहन्छु । कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् त भनेकै छ हामीले सबै ठाउँमा । तर, त्यो चाँही सञ्चार माध्यामहरुले सुन्दो रहेनछ । त्यो हाम्रा विपक्षीहरुले सुन्दा रहेनछन । उनीहरुले स्वच्छ प्रतिष्पर्धा गर्नुस् भनेको नसुनेर सहमती कायम गर्नुस् भनेको थियो, मानेनन् भन्ने मात्रै प्रचार गरे । कसैलाई न निर्देश गरिएको छ, न आदेश गरिएको छ । यसै गर्नुस् भनेर केही भनिएको छैन । तर पनि विपक्षीहरुले भन्ने गरेका छन । तपाईहरुलाई आग्रह गर्न चाहन्छु–यसपल्ट एउटा नयाँ अभ्यासको तपाईहरुले सुरुवात गर्नुस् । यहाँ प्रतिस्पर्धा जितेर पनि के–के न ठूलो कुरो पाईने होइन । फेरि सबैले जित्ने होइन । एउटाले जित्छ । अर्काले हारेपछि मन पनि दुख्छ । सहमती ग¥यो भने मन दुख्दैन । मन नदुखाईकन अगाडि बढने काम सबभन्दा राम्रो हो नि त । किन मन दुखाउने ? उठेपछि मन दुख्दो रहेछ । यसो म ठाउँठाउँमा हेर्छु । मन दुख्दो रहेछ साथीहरुको । उठेपछि जित्नका लागि अलिक कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको पनि देखिन्छ । त्यस्तो पनि नगरौं । हामी साँच्चै उच्चस्तरीय लोकतान्त्रिक अभ्यास समझदारी र त्यसबाट सहमति । अर्को मैले अरु पनि केही ठाउँमा बोलेको छु । नेतृत्वले कामको मूल्यांकन गरेको हुन्छ । आफूलाई कहिलेकहिले त्यो चित्त नबुझ्ला । तर नेतृत्वले कामको मूल्यांकन गरेको हुन्छ । नेतृत्वको मूल्यांकनमा भर परिएन । र, नचिनेका मान्छेले नचिनेकालाई भोट दिनुपर्ने अवस्थामाथि भर परियो भने परिणाम जस्तो पनि हुनसक्छ ।’

अध्यक्ष ओलीले आफूले पार्टीको प्रदेश अधिवेशनहरुमा नेतृत्व चयन गर्नका लागि कुनैपनि खालको निर्देशन नदिएको पनि दोहो¥याउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?