नेपाली टोलीले नागपुरमा प्रशिक्षण गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको प्रशिक्षण आइपिएलको फ्रेन्चाइज टोली राजस्थान रोयल्सको एकेडेमी नागपुरमा गर्ने भएको छ । १९औं एसियाली खेलकुद (एसियाड) खेलेर बिहीबार स्वदेश फर्किएको नेपाली क्रिकेट टोली प्रशिक्षणका लागि नागपुर जान लागेको हो ।

क्यानले नेपाली टोलीले नागपुरमा १० दिन अभ्यास गर्ने जनाएको छ । त्यसपछि नेपाली क्रिकेट टोली त्रिकोणात्मक सिरिज र विश्वकप छनोट खेल्न नेपाल फर्किनेछ । आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गतेसम्म मूलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ‘ए’मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेष्टइण्डिजमा हुने टी२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

विश्वकप छनोटअघि नेपालले तीन देश सम्मिलित टी-२० आई त्रिकोणात्मक सिरिज पनि खेल्नेछ । विश्वकप छनोट अघि नेपाल, युएई र हङ्कङबीच असोज ३० देखि कात्तिक ९ गतेसम्म मूलपानी र टियु क्रिकेट मैदानमा त्रिकोणात्मक सिरिज आयोजना हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?