काठमाडौं । चीनको हाङझावमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । हाङझाउमा शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले पाकिस्तानलाई चार विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ । शुक्रबारै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
पाकिस्तानले अफगानिस्तानलाई जितको लागि ११६ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले १७ दशमलव पाँच ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । अफगानिस्तानको लागि नुर अलि जाद्रनले ३९ रनको योगदान दिनुभयो भने कप्तान गुल्बादिन नैबले अविजित २६ रनको योगदान दिनुभयो ।
पाकिस्तानका अरफत मिनहास र अस्मान कदिरले समान दुई/दुई विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो । पाकिस्तानका लागि ओमैर युसुफले सर्वाधिक २४ रनको योगदान दिनुभयो भने अमेर जमलले १४ रन बनाउनुभयो । त्यस्तै अरफत मिनसले १३ तथा रोहिल नजिरले १० रन बनाउनुभयो ।
अफगानिस्तानका फारिद अहमदले तीन विकेट झार्नुभयो भने क्विस अहमदले दुई विकेट लिनुभयो । भारत र अफगानिस्तानबीचको फाइनल खेल आज हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच