नेपाल-म्यानमार द्विपक्षीय परामर्श संयन्त्रको बैठक म्यानमारमा बस्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । नेपाल र म्यानमारबीचको परराष्ट्र मन्त्रालयबीच स्थापना भएको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यानमारमा हुने भएको छ ।

विद्यमान दौत्य सम्बन्धलाई थप सुदृढ तुल्याउने उद्देश्यले दुवै देशको द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठक आगामी महिना म्यानमारमा हुने भएको हो । नेपाल-म्यानमार उद्योग वाणिज्य संघको १३ औँ वार्षिक साधारणसभाका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सो जानकारी गराइएको थियो ।

नेपालका लागि म्यानमारका राजदुत सेङ उले व्यापार, लगानी, पर्यटन र संस्कृति प्रवर्द्धनमा म्यानमार क्रियाशील रहेको बताउनु भयो । संघका अध्यक्ष शिवकुमार अग्रवालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र म्यानमारको कुनै विमानस्थलबाट सिधा उडानका लागि आवश्यक व्यवस्था गर्न राजदुत सेङसमक्ष अनुरोध गर्दै द्विपक्षीय व्यापार, लगानी र पर्यटन विकासका लागि सहकार्य गर्न आह्वान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?