काठमाडौं । केही दिन अभि भएको नेपाल सरकार र आन्दोलनरत शिक्षकहरुसँग भएको सम्झौताको विरोध हुन थालेको छ ।
जनमत पार्टीका अध्यक्ष चन्द्रप्रकाश (सिके) राउतले हालै भएको शिक्षक महासंघसँग सम्झौताप्रति असन्तुष्टि प्रकट गर्नुभएको छ ।
नेपाल सरकारले आन्दोलनरत शिक्षकहरुसँग सम्झौता गर्दा शिक्षा र विद्यार्थीका बारेमा कतै पनि उल्लेख नगरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको हो ।
विद्यालय शिक्षा विद्येयक २०८० का बारेमा प्रतिनिधिसभा बैठकमा छलफल चलिरहेको बखतमा उनको यो धारणा बाहिर आएको हो । ‘शिक्षकहरुले आन्दोलन गरे, हाम्रो पनि समर्थन रहयो, नेपाल शिक्षक महासंघ र नेपाल सरकारले सम्झौता गरयो, ६ खण्डमा त्यहाँ ३२ बुदाँहरु छन,’ उहाँले भन्नुभएको छ, ‘त्यसमा एउटा मात्रै बुदाँ पनि विद्यार्थीको हितको देखाउनुहोस, एउटा मात्रै बुदाँ पनि सुलभ र गुणस्तरीय शिक्षाका लागि देखाउनुहोस्, एक शब्द छैन ।’
उहाँले सामाजिक सञ्जालबाट आफ्नो दृष्टिकोण राख्दै अगाडी प्रश्न गर्नुभएको छ, ‘शिक्षाको सरोकार शिक्षक र सरकारलाई हुने कि नहुने ?’
राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयता बिरोधी रहेको बताउनुभएको छ ।
शुक्रवार पनि प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन सरकारसँग माग गर्नुभएको थियो ।
अध्यक्ष राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले सो विधेयकमा सरकारले विद्यार्थी र अभिभावकहरुको सरोकारलाई सम्बोधन गर्नुपर्ने पनि बताउनु भएको थियो ।
शुक्रवार नै प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै मधेशबाट प्रतिनिधित्व गर्ने अर्का सांसद अमरेश कुमार सिंहले पनि शिक्षा मन्त्रीले गरेको सम्झौता राष्ट्रघाती काम भएको बताउनु भएको थियो ।
उहाँले राहत शिक्षकलाई खुला प्रतिस्पर्धामा सामेल नगरी स्थायी गर्ने हो भने नेपालको शिक्षा क्षेत्र तहस नहस हुने बताउनु भयो ।
‘राहत शिक्षकहरू त्यतिकै स्थायी हुन्छ, त्यो जुन सम्झौता गर्नुभएको छ, त्यो शिक्षा क्षेत्र समाप्त पार्ने कुरूप रूप हो । तपाईँले देशका लागि सबैभन्दा ठुलो घात गर्नुभएको छ । त्यसकारण शिक्षामा गुणस्तरीयताका लागि प्रतिस्पर्धी शिक्षक हुनै पर्छ । दलको झोलेहरूलाई दलका आधारमा नियुक्ति दिने, त्यसले नेपालमा शिक्षाको स्तर बढ्छ रु त्यो हुन सक्दैन । त्यसैले गुणस्तरीय शिक्षामा ध्यान दिनका लागि दुई थरी शिक्षा दिने काम रोक्नुपर्छ ।’ उहाँले भन्नुभयो ।
सांसद सिंहले विद्यालय, विद्यार्थी, भौतिक संरचना भए पनि शिक्षक नहुँदा विद्यालय शिक्षा प्रभावित समेत हुँदै गएको बताउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच