अष्ट्रेलियामा जनसांस्कृतिक प्रतिष्ठान नेपालको शाखा गठन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अष्ट्रेलियामा जनसांस्कृतिक प्रतिष्ठान नेपालको शाखा गठन गरिएको छ । शनिबार भएको भेलाले निक्स शर्मा (शंकर)को अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा युवराज शर्मा, सचिवमा सौर्यध्वज आचार्य, सह-सचिवमा गोविन्दा थापा, कोषाध्यक्षमा सरिता गौचन र सह-कोषाध्यक्षमा तिलक आले चयन हुनुभएको छ । सदस्यमा भने हालका लागि कृष्ण आलेमात्र चयन हुनुभएको छ । अध्यक्ष शर्माका अनुसार बाँकी दुई सदस्य पछि मनोनित गरिनेछ ।

भेलाको प्रमुख अतिथि संविधानसभा सदस्य सिन्धु जलेसा रहनुभएको थियो । नवनिर्वाचित समितिको पहिलो बैठकमा भर्चुअल माध्यमबाट उपस्थिति जनाउँदै जनसांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले बधाई दिँदै निर्देशनसमेत दिनुभएको थियो । यो प्रतिष्ठान २०७१ सालमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?