रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन

हिमालय टाइम्स
Read Time = 2 mins

ललितपुर । नेपालमा पहिलोपटक रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल सम्मेलन आयोजना गरिएको छ । नेपाल मेडिसिटी, नेपाल एसोसिएसन फर द स्टडी अफ पेन (एनएएसपी), एसोसिएसन अफ नेपाली फिजिसियन इन अमेरिका (एएनपिए) र अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिन (एबिआरएम) को संयुक्त आयोजनामा यही अक्टोबर ६ र ७ मा अन्तर्राष्ट्रिय सम्मेलन भएको हो ।

आयोजकका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय चिकित्सक डा. सैयद सलमान नइम गिलानी, डा. रोजिना बादल मुनिर, डा. मासिमो पिराकी, डा. रोहित वारियर, डा. आशान अबेवर्देना, डा. प्रदिप महाजनलगायत नेपालका चिकित्सकको उपस्थिति रहेको थियो । सम्मेलनको उद्देश्य विश्वभरका स्टेम सेल विशेषज्ञ, रिसर्चर र चिकित्सकबीचको सहकार्य र अनुभव आदानप्रदान रहेको थियो ।

नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाल मेडिसिटीले विभिन्न अन्तर्राष्ट्रिय संघसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न पाउँदा निकै गौरवान्वित भएको बताउनुभएको छ । नेपालमा नै रिजेनेरेटिभ मेडिसिन र स्टेम सेलसम्बन्धी शिक्षा र सुविधा उपलब्ध गराउन उहाँले जोड दिनुभएको छ । अमेरिकन बोर्ड रिजेनेरेटिभ मेडिसिनका प्रतिनिधि डा. रोजिना बादल मुनिरले रिजेनेरेटिभ मेडिसिन र स्टेम सेल अनुसन्धानका विज्ञसँगै आउन र यस क्षेत्रको वर्तमान अवस्थाबारे छलफल गर्न सम्मेलन एउटा सुवर्ण अवसर भएको बताउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?