चलचित्र ‘नागरिक’ले राष्ट्रको आवाजलाई उठान गर्नेछ : प्रलाद सिलवाल, निर्माता

गीता अधिकारी
Read Time = 5 mins

केही वर्ष पहिले चलचित्र ‘खुला आकाश’ र ‘पसले’ निर्माण गर्नुभएका निर्माता प्रलाद सिलवाल यतिबेला चलचित्र ‘नागरिक’ निर्माणको तयारीमा हुनुहुन्छ । समसामयिक विषयवस्तुमा ‘पसले’ र ‘खुला आकाश’ निर्माण गर्नुभएका युवा निर्माता सिलवाल दर्शकलाई नेपाली जनजीवनको कथा पस्कन नागरिक निर्माण गर्न लागेको बताउनुहुन्छ । नागरिकमा देशमा हुने गरेको वास्तविक राजनीति खिचातानीलाई प्रस्तुत गरिने उहाँको भनाइ छ । समाजसेवासँगै विभिन्न व्यवसायमा संलग्न भए तापनि आफू चलचित्र निर्माणमै लोभिएको बताउने निर्माता प्रलाद सिलवालसँग हिमालयन टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशंः-

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
निर्माण कार्य सक्किएर प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘पसले’ को प्रदर्शनका लागि चाँजोपाजो मिलाउँदैछु भने निर्माणधीन चलचित्र ‘नागरिक’को तयारीमा जुटेको छु यतिबेला ।

‘पसले’ कहिलेदेखि सिनेमाघरमा ल्याउने तयारीमा हुनुहुन्छ ?
‘पसले’को केही प्राविधिक काम बाँकी छ । दशैँलगतै प्रदर्शनपूर्वको सम्पूर्ण प्राविधिक कार्य सक्काएर सक्दो चाँडो सार्वजनिक प्रदर्शनमा ल्याउने जमर्को गर्ने छौं ।

चलचित्र व्यापारमात्रै होइन । भाषा, संस्कृति, कला, भेषभूषा, राष्ट्रको बिम्ब हामीले प्रस्तुत गर्ने कलामा झल्किन्छे । कला, साहित्य देशको मेरुदण्ड हो । व्यापारको नाममा सहजै विदेशी चलचित्रलाई आयात गरेर नेपाली चलचित्रलाई अप्ठयारो पार्ने स्थिति बन्द गर्न सक्नुपर्छ हामीले । हाम्रो मौलिक कला संस्कृतिलाई विश्व बजारमा पुर्‍यान नेपाली चलचित्र बनाउन आवश्यक छ ।

नागरिकको छायांकन कहिलेबाट सुरु हुन्छ ?
चाडपर्वले छपक्कै छोपेको कारण र चलचित्र निर्माण गर्न दुई करोडभन्दा बढी लागत लाग्ने भएको हुनाले र चलेको कलाकारहरू चाहिने हुँदा कलाकारको समय मिल्ने बित्तिकै छायांकनमा जाने तयारीमा छौं ।

नागरिक कस्तो विषयवस्तुमा आधारित चलचित्र हो ?
राष्ट, राष्ट्रियता, नागरिक र सरकारबीचको सम्बन्धमा देखापरेका समस्या र समाधानसहित ‘ग्रेटर नेपाल’को परिकल्पना गरेर नयाँ नेपाली कथानक चलचित्र ‘नागरिक’ बनाउन लागेका हौं ।

तपाईंले सोचेजस्तो पर्दामा उतार्न सम्भव छ त ?
हामीले देशको वर्तमान अवस्थालाई चलचित्रमार्फत चित्रण गर्न खोजिरहेका छौं । सामाजिक सद्भाव कायम राख्दै देशको व्याप्त भ्रष्टाचार जनताको पमुखुको रूपमा रहेकोे भन्ने सन्देशसहित विधिको शासन स्थापित गर्दै समुन्नत राष्ट्र निर्माणमा नागरिकको प्रत्यक्ष सहभागिता साथै विकृति, विसंगति, जातीय भेदभाव, लैंगिक विभेदविरुद्धको मुख्य विषय चलचित्र ‘नागरिक’ले उठान गर्ने भएकाले असम्भव भन्ने त कुरै आउँदैन ।

चलचित्र किन बनाउने ?
चलचित्र व्यापारमात्रै होइन भाषा, संस्कृति, कला, भेषभूषा, राष्ट्रको बिम्ब भएकाले कला, साहित्य देशको मेरुदण्ड भएकाले व्यापारको नाममा सहजै विदेशी चलचित्रलाई आयात गरेर नेपाली चलचित्रलाई अप्ठ्यारो पार्ने स्थिति बन्द गर्न सकियो भने नेपाली चलचित्रले हाम्रो मौलिक कला संस्कृतिलाई विश्व बजारमा पुर्‍यान चलचित्र बनाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?