सेयर बजार झन् खस्कियो

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनमार्फत् सेयर कर्जाको सीमा वृद्धि गरे पनि सेयर बजार १२.५८ अंकले घटेर १९०८.६६ अंकमा झरेको छ । अघिल्लो दिन पनि सेयर बजार ३५.६७ अंकले घटेको थियो । केन्द्रीय बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशनलाई संशोधन गर्दै सेयर बजारसँग सम्बन्धित सेयर धितो कर्जामा लागू क्यापलाई व्यक्तिगततर्फ तीन करोड वृद्धि गरेर १५ करोड र संस्थागततर्फ आठ करोड वृद्धि गरी २० करोड पुर्‍याएको छ ।

सोमबार दुई सय ८७ कम्पनीका ४३ लाख २७ हजार एक सय ७९ कित्ता सेयर एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६३ करोड १६ लाखले घटेको हो । कारोबारमा आएकामध्ये उत्पादन तथा प्रशोधन र ब्यापारबाहेक ११ वटै समूहगत सूचक घटेका छन् भने जलविद्युत् सर्वाधिक एक प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावरको सेयर मूल्य ६.८८ प्रतिशतले बढेको छ भने थ्रीस्टार हाइड्रोपावर ४.४६, हिमालयन पावर पार्टनर ४.३८, इमर्जिङ नेपाल ४.३६, सिटिजन म्युचुअल फण्ड-२ को इकाईमूल्य ३.९१ प्रतिशतले बढेको छ ।

बाराही हाइड्रोपावरको सेयरमूल्यमा नराकारात्मक सर्किट लागेको छ भने हिमालयन लघुवित्तको ९.९९, प्रोगेसिभ फाइनान्स ५.२०, सानिमा जिआइसी इन्स्योरेन्स ४.८९ र पिपुल्स पावरको ४.१३ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा शीर्षस्थानमा रहेको नबिल बैंकको तीन करोड ५१ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तीन करोड ३६ लाख, हिमालयन लघुवित्त तीन करोड ११ लाख, सिटिजन लाइफको दुई करोड ९४ लाख र शिवम् सिमेन्ट्सको दुई करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । सोमबारको गिरावटपछि समग्र बजार पुँजीकरण २९ खर्ब ११ अर्ब २५ करोड १५ लाख रुपैयाँमा सीमित हुन पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?