काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले प्रत्येक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । भृकुटीमण्डपमा हुने मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भइसकेको र मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानको पनि सहभागिता रहने महासंघले जनाएको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन तथा वस्तुगत संघहरूको कमोडिटी प्याभिलियन रहने बताइएको छ ।
सरकार तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा क्यालेण्डर इभेन्टका रूपमा मेला आयोजना हुन लागेको हो । आयोजकका अनुसार नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । कुल तीन सयभन्दा बढी स्टलमार्फत् मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इण्डोनेसिया, मलेसियालगायत देशका क्रेतालार्ई आमन्त्रण गरिने पनि आयोजकले जनाएको छ ।
मेलामा इण्डिया चेम्बर अफ कमर्श र नेपालको नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेदसम्बन्धी वस्तु प्रदर्शनी एवं प्रवचन कार्यक्रमसमेत हुने बताइएको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे छलफल हुने र मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य राखिएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्र चलायमान बनाउन सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधीकरणमा समेत सघाउ पुुग्ने उहाँको भनाइ थियो । उपाध्यक्ष सुरकृष्ण वैद्यले एउटा छुट्टै ब्राण्ड बनाउन सफल एनआइटिएफ निजी क्षेत्रका लागि एउटा बलियो प्लेटफर्म भएको बताउनुभयो । उपाध्यक्ष हेमराज ढकालले वस्तुुगत संघको छुट्टै पेभिलियनले मेलालाई थप आकर्षक बनाउने विश्वास व्यक्त गर्नुुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच