काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले पूर्वअध्यक्ष शरदकुमार गौचनको छैटौँ स्मृति दिवसमा मंगलबार महासंघ प्रांगणमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ । श्रद्धाञ्जली सभामा महासंघ अध्यक्ष रवि सिंह, पूर्वअध्यक्ष सुकुन्तलाल हिराचन, उपाध्यक्ष खिमप्रकाश मल्ल, महासचिव रोशन दाहाल, नीतिगत उपमहासचिव शिवहरि घिमिरेलगायतले नेपालको निर्माण उद्योगको विकासमा गौचनको भूमिकाको चर्चा गरेका थिए । सबै तह र तप्काका व्यवसायीका हितमा प्रतिबद्ध गौचनको अभाव निर्माण उद्योगमा सधैँ महसुस हुने उनीहरूले बताए ।
साथै उनीहरूले गौचनका हत्यारा र हत्यामा संलग्न सबै मतियारलाई कानुनबमोजिम पूरा सजाय हुनुपर्ने माग गरेका छन् । देशभरका निर्माण व्यवसायीसहित उपकरणको सुरक्षा जिम्मा राज्यले लिनुपर्ने उनीहरूले बताए । गौचनकी पत्नी आशा गौचनलगायत श्रद्धाञ्जली सभामा सहभागीहरूले एक मिनेट मौन धारण गरी महासंघ प्रांगणमा रहेको स्वर्गीय गौचनको अर्धकदको शालिकमा माल्यार्पण गरेका थिए ।
काठमाडौंको बानेश्वरस्थित निवासबाट महासंघ सचिवालय अनामनगर आउने क्रममा २०७४ असोज २३ गते उहाँको निवासअगाडि गोली हानी हत्या गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच