सप्तरीको बलान विहुल गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष सहित ९ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 2 mins

राजविराज । सप्तरीको बलान विहुल गाउँपालिकाकी निर्वतमान उपाध्यक्ष रुबी गुप्ता सहित ९ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको छ ।

फिल्डमा देखिएको भन्दा नापी किताबमा बढी देखाएर भुक्तानीको लागि कागजात पेस गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूको विरुद्ध २०७९ वैशाख ४ गते बलान विहुल गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ को विनियोजित रकममध्ये बलान विहुल गाउँपालिका वडा नम्बर ४ को अधुरो वडा कार्यालय भवन निर्माण सम्पन्न भई सेवाप्रवाह भइरहे पनि कामभन्दा बढी भुक्तानी भएको ठहर विशेषले पनि गरेको छ ।

फिल्डमा नभएकोरनगरेको कामको मूल्यांकन गरी गलत कार्य सम्पन्न प्रतिवेदन तयार गरेको अख्तियारले दाबी गरेको थियो । अख्तियारले उनीहरुसँग १० लाख ५ हजार ४९७ रुपैयाँ बिगो दाबी गरेको थियो ।

विशेषले बलान विहुल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेशकुमार यादव, योजना शाखा प्रमुख रमेश मरिक यादव, प्राविधिक शाखा प्रमुख सबइन्जिनियर सन्तोषकुमार रजक र सहलेखापाल सुभास चन्द्र लाललाई पनि दोषी ठहर गरेको छ ।

वडा नं। ४ वडा कार्यालय भवन निर्माण उपभोक्ता समितिका तत्कालीन अध्यक्ष सुशीलकुमार यादव, कोषाध्यक्ष रम्भादेवी यादव र सचिव शिव शंकर मण्डलले फिल्डको कार्यभन्दा बढी मूल्यांकन गरी कार्यसम्पन्न भयो भनी सम्झौताविपरीत कार्य गरी भुक्तानी माग गरेको अख्तियारको दाबी छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?