मुलुक बनाउन नेतादेखि जनतासम्म सबैले कडा परिश्रम गर्नुको विकल्प छैन : सांसद थापा

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि निर्वाचित सांसद तथा संविधानसभा सदस्य राजु थापाले मुलुक विदेशी आयातले निकै कमजोर भइसकेकाले आयात रोकेर मुलुकभित्र आत्मनिर्भरताको बाटो बनाउन नागरिकदेखि नेतासम्म सबैले कडाभन्दा कडा परिश्रम गर्नुपर्ने बताउनुभएको छ ।

सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ वार्षिक साधारण सभा कार्यक्रमको स्याङ्जाको बाडखोलामा उद्घाटन गर्दै सांसद थापाले गुन्द्रुक चाइनाबाट ल्याएर ठुला पाँचतारे होटलमा तथा होमस्टेहरुमा प्रयोग गर्नुपर्ने अवस्थाले हाम्रो परनिर्भरता कतिसम्म छ भन्ने कुरा बताउँछ । उहाँले भन्नुभयो ‘जनैदेखि सुपारीसम्म विदेशबाट आयात गर्नुपर्ने अनि मुलुक धनी भएन भनेर सामाजिक सञ्जालमा एकले अर्कोलाई गाली गरेर देश बन्दैन । देश बनाउने हो भने सबैले आआफ्नो ठाउँबाट इमानदार र गम्भीर भएर कडा मिहिनेत गर्नुपर्छ ।’

बाड्खोला र स्याङ्जा सेवा केन्द्रको संयुक्त साधारण सभा कार्यक्रममा बोल्दै उहाँले सहकारीले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै अब महिलाहरुलाई पनि सहकारीले अगाडि बढाउनुपर्ने आवश्यकता भएको बताउनु भयो । उहाँले सरकारको तीनखम्बे अर्थनीति अनुसार सहकारीका माध्यमबाट गाउँघरमा छिरलिएको ससानो पूँजीलाई एकीकृत रुपमा लगानी गर्ने वातावरण बनाउन सहज भएको धारणा राख्नुभयो ।

कार्यक्रममा संस्थाका संरक्षक अनन्तकुमार श्रेष्ठ, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, शिवशक्ति सहकारीका अध्यक्ष महेन्द्र रेग्मी, शिशु निकेतन आवासिय माविका प्रिन्सिपल मनोज मल्ल, गैर सरकारी संस्था महासंघका अध्यक्ष गोविन्द शर्मा, स्याङ्जा सेवा केन्द्रका प्रमुख नारायण रेग्मीलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सभाले संस्थाका अध्यक्ष हुमबहादुर कुमालले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष राममाया अधिकारी गोदारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा आगामी योजना, लेखा सुवरिवेक्षण समितिका संयोजक शालिकराम शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

सभाले सहकारीको केन्द्रिय समितिमा रिक्त सचिव पदमा मिरा मल्ल, सदस्यहरुमा अशोक शर्मा र इश्वरी ढकाललाई सदस्य एंव लेखा सुपरिवेक्षण समितिको सदस्यमा बाबुराम ढकाललाई निर्वाचित गरेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष हुमबहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिर्घनारायण शर्माले स्वागत एवं सहकारीका मिरा मल्लले कार्यक्रम संचालन गर्नुभएको थियो ।

बि.सं. २०५६ सालमा स्थापना भई २०५७ सालमा दर्ता भएको यस सहकारीको शेयर पूँजी ७ करोड ५३ लाख २८ हजार एक सय र २ हजार २ दुई सय ३९ जना बालसदस्यसहित १२ हजार आठ सय ४१ जना शेयर सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?