लेखक शम्भु कोइरालाको विचारमूलक लेखहरूको सङ्ग्रह ‘नमागिएको सल्लाह’ अहिले मेरा हातमा छ । यो पुस्तक निकै आकर्षक छ । चर सयभन्दा बढी पृष्ठको यस पुस्तकलाई भीमकाय भन्न नमिले पनि ठूलै आकारमा सार्वजनिक भएको यो पुस्तक यसको आकारजस्तै पठनीय र सङ्ग्रहणनीय समेत छ । सर्वाधिकार लेखममै रहेको यस पुस्तकको प्रकाशन इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.ले गरेको छ । अर्थात् हिमालय टाइम्स राष्ट्रिय दैनिकले यसको प्रकाशन गरेको छ । कोइरालाका हिमालय टाइम्समै प्रकाशित लेखहरूको सङ्ग्रह भएका कारण प्रकाशनको जिम्मेवारी यही प्रकाशनले गरिदिएको हो भन्न सकिन्छ ।
ओरियन्टल पब्लिकेसन हाउस प्रा.लि.बागबजारले यसको वितरणको जिम्मेवारी लिएको छ । विनोद दाहाल वत्सको भाषा सम्पादन र नवराज दाहालको लेआउट रहेको यस पुस्तकको यो पहिलो संस्करण हो जुन २०८० साल मङ्सिरमा प्रकाशित भएको छ । पहिलो संस्करणमा यो २००० प्रति प्रकाशित भएको जानकारी पनि पुस्तकबाटै पाउन सकिन्छ । महेश बस्ताकोटीको आवरण रहेको यस पुस्तकको मुद्रण वेभ प्रिन्टर्स एण्ड ट्रेडर्स जडिबुटी काठमाडौंमा भएको छ । पुस्तक डिएमआई साइजमा छ, यसमा पहेंलो हलुका कागज प्रयोग भएको छ, छपाइ सामान्य खालको छ भने अशुद्धिहरू छुटेका पाइँदैनन् । पुस्तक भूमिका खण्डमा २० र पाठ्यखण्डमा ३८८ गरी जम्मा ४०८ पृष्ठको छ भने मूल्य ७५० रुपैयाँ छ ।
यस पुस्तकमा भएका उहाँका आलेखहरूले देश विदेशका राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक क्षेत्रका विविध पक्षलाई केलाउने र विश्लेषण गर्नुका साथै सम्भाव्यतातर्फ समेत सङ्केत गरेका छन् । राष्ट्रिय समस्याहरूको चित्रण गर्नुका साथै उहाँले त्यसको समाधान पनि देखाइदिनुभएको छ ।
पातलो गाता र कडा गाता (हार्डकभर) मा पुस्तक उपलब्ध रहेको छ । आवरण हलुका रातो रङको पृष्ठभूमिमा छ र बीचमा एकजना मानिस स्पष्ट अनुहार नदिेखिने गरी पछाडिमात्र देखिने गरेर हात उठाएर हिँडिरहेको छ । उसले भिरेको झोलामा सल्लाहहरूको पुलिन्दा भएको जस्तो देखिन्छ र ती सल्लाहहरू वरिपरि छरपष्ट छन् तर तिनलाई कसैले पनि ग्रहण नगरेको अवस्था छ । यसले लाक्षणिक रूपमा यस पुस्तकको शीर्षकलाई सार्थक बनाउन खोजेको हो भन्न सकिन्छ । माथि ठूला नीला अक्षरमा पुस्तको शीर्षक दिइएको छ ‘नमागिएको सल्लाह’ भनेर र तल साना काला अक्षरमा लेखक कोइरालाको नाम दिइएको छ । पृष्ठ आवरण नीलो पृष्ठभूमिमा छ र यस पृष्ठमा फोटोसहित लेखकको चिनारी दिइएको छ ।
यसबाट उहाँ ओखलढुङ्गा चिसङ्खुगढी छहरेका खेमराज कोइराला र सरस्वती कोइरालाको छोरा हुनुभएको जानकारी पाइन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गर्नुभएको र २०३९ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरी धेरै जिल्लामा प्रमुख जिल्ला अधिकारी हुनुका साथै महानिर्देशक, क्षेत्रीय प्रशासक तथा नेपाल सरकारको सचिव (राप विशिष्ट श्रेणी) भएर सेवानिवृत्त हुनुभएको जानकारी यस पृष्ठबाट पाउन सकिन्छ । यसका साथै उहाँले भ्रमण गरेका जिल्ला तथा राष्ट्रहरू, पाउनुभएका विभूषणहरू पनि यहाँ उल्लेख भएका छन् । तल वितरक ओरिएन्टल पब्लिकेसनको लोगोसहित नाम उल्लेख भएको छ । भित्र सुरुमा उहाँले आफ्नी हजुरआमा स्व.भागीरथा कोइरालाप्रति यो पुस्तक समर्पण गर्नुभएको छ ।
त्यसपछि ‘नमागिएको सल्लाहलाई मेरो शुभकामना’ शीर्षकमा कुलप्रसाल कोइरालाको, ‘नमागिएको सल्लाहमा थप सल्लाह’ शीर्षकमा प्रा. पुरुषोत्तम दाहालको र ‘नमागिएको सल्लाहमाथि केही शब्द’ शीर्षकमा विनोद दाहाल वत्सको भूमिका छन् । त्यसपछि लेखकको विचार ‘आफ्नै शब्दमा’ र हिमालय टाइम्स राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक उज्ज्वल शर्माको ‘प्रकाशकीय’ रहेका छन् । यसपछि विषय सूची छ । यहाँ विभिन्न विषयमा लेखिएका ८९ वटा लेखहरू सङ्गृहीत भएका छन् । विषय सूचीमा कालो र सेतो गरेर जेब्राजस्तो बनाइएको हुनाले यो अलिक भद्दाजस्तो देखिएको छ ।
सरकारी सेवामा रहँदासम्म लेखन क्षेत्रमा सुनिएको नाम नभए पनि कोइरालाले सेवानिवृत्त जीवनमा लेखनमा प्रवेश गर्नुभएको छ । पछि लेख्न थालेर पनि यस क्षेत्रमा प्रसिद्धि पाउने केही लेखक साहित्यकारहरू छन् र उहाँ पनि यही पंक्तिमा पर्नुभएको छ । उच्चपदस्त व्यक्ति भएका कारण उहाँसँग धेरै अनुभव, जानकारी र तथ्यतथ्यांकहरू हुनु स्वाभाविक हो । तिनै कुरा हालका दिनहरूमा उहाँबाट यसरी हिमालय टाइम्सको स्तम्भकारका रूपमा सार्वजनिक भइरहेका छन् । उहाँले यसरी नै आफ्ना अनुभव र दृष्टिकोणहरू नियमित रूपमा पाठकहरू सामु प्रस्तुत गर्दै जानुभयो भने यसबाट पाठकहरू लाभान्वित बन्न सक्ने कुरामा दुई मत छैन ।
पुस्तकमा भएका उहाँका आलेखहरूले देश विदेशका राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक क्षेत्रका विविध पक्षलाई केलाउने र विश्लेषण गर्नुका साथै सम्भाव्यतातर्फ समेत सङ्केत गरेका छन् । राष्ट्रिय समस्याहरूको चित्रण गर्नुका साथै उहाँले त्यसको समाधान पनि देखाइदिनुभएको छ । सानो पाठकीय वा समीक्षात्मक टिप्पणीमा यसमा प्रस्तुत सबै विषयको विश्लेषण सम्भव छैन । कतै यसको समालोचनात्मक चर्चा गरौँला, यहाँ भने यत्ति भन्नु सान्दर्भिक होला कि यो पुस्तक पठनीय र सङ्ग्रहणीय छ ।
यसका साथै अन्ततः राष्ट्रका लागि समेत यस्तो काम हितकर हुनजान्छ । उहाँले हालसम्म प्रकाशित गर्नुभएका लेखहरूमध्ये छानिएका केही लेखहरू हुन् यी । अझै अर्को सङ्ग्रहका लागि लेखहरूको संख्या पुगिसकको कारण उहाँबाट त्यसको तयारीसमेत भइरहेको जानकारी पाइएको हुँदा उहाँको दोस्रो पुस्तक पनि छिटै प्रकाशित होस् । उहाँको यस प्रयासको सराहना गर्दै उहाँलाई बधाई तथा शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच