उदयपुर रेडक्रसका सवारी साधनको चरम दुरुपयोग

हिमालय टाइम्स
Read Time = 3 mins

-सरोज निरौला

उदयपुर । नेपाल रेडक्रस सोसाईटी उदयपुर शाखाका सवारी साधनको चरम दुरुपयोग भएको पाईएको छ । शाखाका विगठित समितिका पदाधिकारी तथा समितिले प्रयोग गर्दै आएको एक हाइलेक्स र चार वटा मोटरसाईकल गरी पाँच वटा सवारी साधनको व्यापक दुरुपयोग भएको पाईएको छ ।

उच्च अदालत बिराटनगरले बिनोदकुमार बस्नेत नेतृत्वको समितिलाई अवैधानिक भन्दै मदनराज कटुवाल रहेको नेतृत्वलाई बैद्यानिकता दिएसँगै पुर्व समितिले हालसम्म कुनै पनि सामग्रीहरु नबुझाई दुरुपयोग गर्दै आएका छन् ।

पुरानो आयव्यय, सम्पती, कागजात केहि नबुझाएपछि संस्थालाई जिवन्त दिन सुन्य अवश्थाबाट सुरु गरिएको शाखाका सभापति मदनराज कटुवालले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘दातृनिकायले दिएको र शाखाका आफ्ना जे जस्ता चलअचल सम्पती छन् ती सबैको खोजी गर्न सुरु गरेका छौ ।’

‘खोज्दै जाँदा संस्थाको पाँच वटा सवारी साधन रहेको पाइएको छ, उहाँले भन्नुभयाे, ‘ति सबै पुर्वपदाधिकारी र समितिले व्यक्तिगत काममा प्रयोजन गरी व्यापक दुरुपयोग भएको पाईएको छ, शाखामा बुझाउन गरिएको पत्राचारको वेवास्ता भएपछि यसलाई रोक्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।’

समितिले प्रदेश ०१-०२७ च ६७२५ नम्बरको महेन्द्र पिकअप हायलेक्स गाडी, वा.९४.प. ५०१०, वा.७८.प. ९३८ नम्बरको एक्सआर, वा.९४.प. ३१४३, वा.२७.प ३४५० र वा.७३.प. ३७४१ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई शाखालाई बुझाई दिन अनुरोध गरेको छ ।

सभापति कटुवालले भन्नुभयाे, ‘विशुद्ध सामाजिक सेवामा रहेको यति ठुलो संजाल भित्र विगठित समितिले झण्डै दुई दशकदेखि एकलौटी ढंगले आफुखुशी काम भएका रहेछन् ति सबै वाहिर आउने डरले हामीलाई रोक्ने प्रयास भएको छ, यसविरुद्ध हामी डटेर सामना गर्छाै ।’

अदालतको फैसलापछि जिल्ला शाखामा कार्यभार सम्हाल्न पुगेको नेतृत्वलाई विगठित समितिले अहिलेसम्म स्वीकार्न सकेको छैन । उल्टै तालाचावी लगाएर कर्मचारीलाईसमेत कार्यालय जान नदिएपछि नयाँ समितिले विगठित समिति र स्थानीय प्रशासनलाई पटक-पटक पत्राचार गरी ताला फोडेर कामकार्वाही सुरु गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?