
बेलबारी । बिग्रेड ब्वाइज क्लब यहाँ जारी बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिगेड ब्वाइज क्लब काठमाडौं र राजारानी क्लब धनकुटाले गोलरहित बराबरी खेलेका थिए । निर्धारित समयको खेल बराबरीमा रोकिएको थियो । त्यसपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि दुवै टोलीले ४-४ गोलको बराबरी खेलेका थिए । त्यसपछि खेल सडन डेथमा गएको थियो । सडन डेथमा ब्रिगेड ब्वाइजका लागि कुशल देउवाले गोल गर्न सफल हुनुभयो ।
सडन डेथमा राजारानी क्लबका सुनिल खड्काको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर विशाल सुनारले रोक्नुभयो । उहाँ प्रतियोगिताको म्यान अफ दी म्याच घोषित हुनुभयो । यसअघि ट्राइबेकरमा ब्रिगेडका लागि रोशन राना, एञ्जल महर्जन, जय गुरुङ र अनिश तामाङले गोल गर्न सफल हुनुभयो भने राजारानीका तर्फबाट नवयुग श्रेष्ठ, विवेक पौडेल, अभिषेक लिम्बू र देवेन्द्र तामाङले गोल गर्नुभएको थियो ।
यसअघि आयोजक डाँगीहाट युथ क्लब र सलहेस युवा क्लब सिरहा सेमिफाइनल प्रवेश गरिसकेका छन् । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा जारी प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोली सहभागी छन् । आज(बिहीबार) झापाको बिर्तामोड युथ क्लब र चर्च ब्वाइज क्लब, काठमाडौंबीच खेल हुनेछ । प्रतियोगिताको विजेताले आठ लाख तथा उपविजेताले पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच