एपिएफ र जावलाखेलबीच बराबरी

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल एपिएफ फुटबल क्लब र जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको एपिएफ र जावलाखेलले गोलरहित बराबरी खेलेका हुन् । खेलमा बेलाबेला दुबै टोलीले पाएका मौकाहरू सदुपयोग गर्न सकेनन । १८औं मिनेटमा जवालाखेलका अब्दुल अजिजको फ्रिकिकमा राहुलको क्रसलाई विपक्षी खेलाडीले क्लियर गरिदिए । ३९औं मिनेटमा प्रदीप लामाको शक्तिशाली प्रहार क्रसबारमा लाग्दा एपिएफले अग्रता लिनबाट चुक्यो ।

६९औं मिनेटमा एपिएफ १० खेलाडीमा समेटिन पुग्यो । हिसव थपलियालाई फउल गरेपछि एपिएफका एडमा डोम्बियालाई पहेलो कार्ड प्रदान गरिएको थियो । रेफ्रीको निर्णयमा असन्तुष्टि पोखेपछि उहाँलाई रेफ्री प्रज्ज्वल क्षेत्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाउनुभयो । तर त्यसले खेलमा कुनै फरक परेन ।

यस बराबरीसँगै जावलाखेलले शीर्षस्थानको चर्च ब्वाइज युनाइटेडसँगको अंक बराबरी गर्ने मौका गुमाएको छ । अपराजित जावलाखेलको तीन खेलबाट सात अंक पुगेको छ । तीन खेलमै जित निकालेको चर्च ब्वाइजको नौ अंक छ । जावलाखेलले पहिलो खेलमा मछिन्द्रलाई ३-१ ले तथा एनआरटीलाई २-१ ले पराजित गरेको थियो ।
एपिएफको तीन खेलबाट चार अंक पुगेको छ । एपिएफले पहिलो खेलमा थ्री स्टारलाई २-० ले हराउँदा दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग १-० ले पराजित भएको थियो ।

यस्तै ‘ए’ डिभिजन लिगकै अर्काे खेलमा संकटाले नेपाल पुलिस क्लबलाई ३-० ले पराजित गरेको छ । संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यू ठकुरीले गोल गर्नुभयो । संकटाको यो पहिलो जित हो । यसअघि संकटाले पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा मनाङसँग १–० ले पराजित भएको थियो ।

च्यासल मैदानमा भएको खेलमा संकटाको जितमा गणेश हमाल, रोशन पहरी र सुरज ज्यु ठकुरीले एक/एक गोल गर्नुभयो । खेलको १२ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाउनुभयो । ८० औं मिनेटमा रोशनले गोल गर्दा संकटा २-० ले अघि रह्यो । त्यसपछि खेलको ८६ औं मिनेटमा सुरजले गोल गर्दा संकटा ३-० ले जित हात पा¥यो । जितसँगै संकटाले तीन खेलमा चार अंक जोडेको छ । पुलिसको यो लगातार तेस्रो हार हो । पुलिसले तीन खेलमा अंक जोड्न सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?