भौतिक विकास निर्माणलाई जोड दिँदै गुल्मीका स्थानीय तह

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीका स्थानीय तहहरुले भौतिक विकास निर्माणलाई जोड दिइएको पाइएको छ । यस जिल्लामा रहेका दुई नगरपालिका र दश गाउँपालिकाले भौतिक विकास निर्माणलाई विशेष जोड दिएका छन् ।

जिल्ला समन्वय समितिको आयोजनामा तम्घासमा सुरु भएको आर्थिक वर्ष २०७९/०८० को वार्षिक समिक्षा बैठकमा यहाँका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले प्रस्तुत गरेको वार्षिक प्रगतिमा यस्तो पाइएको हो । वार्षिक प्रगति प्रतिवेदन अनुसार अधिकांश बजेट सडक, पुल, खानेपानी, नाली, सिचाइ लगायतका पूर्वाधार निर्माणमा खर्चिएको छ ।

लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालको प्रमुख आतिथ्यतामा भएको बैठकमा सहभागी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले संघ र प्रदेश सरकारसँग विकासका कार्यक्रमहरु सञ्चालन गर्दा समन्वयको अभाव रहेको बताउनुभयो । उहाँहरुले आ–आफ्नो पालिकाले आ।व। २०७९र०८० मा गरेका प्रगतिका बारेमा बताउँदै आ।व। २०८०र०८१ को बजेट तथा कार्यक्रमको जानकारी गराउनुभयो ।

आवश्यक जनशक्तिको अभावमा कार्यहरू सञ्चालन गर्न कठिनाइ भएको उल्लेख गर्दै आवश्यक स्रोतको तालमेल नमिलेको, अनुत्पादक क्षेत्रमा लगानी गर्नुपर्ने बाध्यता रहेको, विकासलाई दिगोपना दिन नसकिएको, बसाइँसराइको समस्या रहेकाले विकासको उपयोग गर्ने र अपनत्व लिने व्यक्ति नहुने समस्या देखिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले बताउनुभयो ।

त्यस बैठकमा सहभागी कोष तथा लेखा नियन्त्रक कार्यालय गुल्मीका प्रमुख कोष नियन्त्रक छविन्द्र बेल्वासेले आवश्यक समन्वयको अभावमा कार्यक्रमहरुको डुब्लिकेशन हुने समस्या रहेको बताउनुभयो । डुब्लिकेशन हुँदा कार्यहरु प्रभावकारी नहुने भएकाले समन्वयलाई प्रभावकारी बनाएर लैजानुपर्ने उहाँको भनाइ छ ।

गुल्मी जिल्लाका विकास निमार्णसँग सम्बन्धित कार्यालयहरु र स्थानीय तहहरुको २०७९/०८० को वार्षिक प्रगति समीक्षा तथा आ।व। २०८०/०८१ को बजेट तथा कार्यक्रमको जानकारी गराउने उदेश्यसहित समिक्षा बैठक गरिएको जिल्ला समन्वय समितिका प्रमुख द्रोण बहादुर खत्रीले बताउनुभयो । बैठकबाट राम्रा र असल अभ्यासहरुको आदान–प्रदान समेत गरिने उहाँले बताउनुभयो ।

बैठकमा स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, जिल्लास्थित कार्यालय प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?