बझाङ । जयपृथ्वी नगरपालिका–१० चैनपुरका ७१ बर्षीया बलबहादुर सुनारका बुढाबुढी सदरमुकाम चैनपुरको एक छेउमा त्रिपाल मुनि छन् । चाडपर्व नजिकिँदै गर्दा र बिस्तारै चिसो मौसम सुरु हुँदा भुकम्प पिडितलाई कष्टकर जीवन बिताउनुपर्ने बाध्यता छ ।
नेपालीलाई दशैँको रौनकले छोइरहँदा भुकम्प पिडितको बस्तीमा खाने लाउने र बासकै पिरलो छ । बलबहादुरको पनि यस्तै पिरलो छ । चाडपर्व मनाउने मान्छेको चहलपल र खुसीयाली छाइरहँदा बलबहादुर भने निराश बन्नुभएको छ ।
असोज १६ गते गएको भूकम्पले घर भत्काइदिएपछि उनी त्रिपालमा सरे । दशैको रौनक छायसंगै सदरमुकाम चैनपुरमा दशैको सामान किन्नेको चहलपहल बढेपनि बलबहादुरका परिवारलाई भने दशैको रौनकले छोएको छैन । भुकम्पको त्रासमा बलबहादुर त्रिपाल नजिकै निधारमा हात लगाएर बसेका भेटिनुभयो । घर नै नरहेपछि बलबहादुरको गुजारा त्रिपालबाटै चल्दै आएको छ । भुकम्पले घर लगेपछी निरास हुनु भएका बलबहादुरका बुढाबुढीलाई दशैको उमंगले छोएको छैन । उहाँले भन्नुभयो, ‘भुकम्पले गर्दा दशै आए नआएको कुनै अनुभव नै भएको छैन् । मनमा खल्लो भएपछी दशै आएको र नआएको एउटै हो । दुख, पिडामा छौ । बस्ने बास छैन् । यहि पाल भित्र बसेका छौ । केटाकेटीहरुलाई चिसो लागेर ज्वरो आएको छ । बेलाबेला भुकम्पले तर्साइ राखेको छ । मनमा खुसि भएपो जमरा राख्ने टिकाटालो गरौ भन्ने हुन्थ्यो । त्यो खुसि छैन। बस्ने बासै छैन्भने, के दशै के तिहार ? बेलाबेलाको पराकम्पनले मुटुनै झस्किन्छ ।’
उहाँले भन्नुभयो, ‘दशै मनाउनलाई खानेकुरा पनि छैन् । अलिकति युवाहरुले चामल दिएको थियो, त्यो पनि सकियो । अब दैनिक ज्यालादारी गरेर जीवीका चलाउने हामीहरुले कसरी घर बनाउनु र जमरा उमारेर दशै मनाउनु ?’ उहाँले भन्नुभयो, प्रधानमन्त्री, मुख्यमन्त्री, मेयर आए छिट्टै राहत दिन्छौ भनेको हो । १७ दिन भैसक्यो । न राहात आयो न प्रधानमन्त्री आए, न मुख्यमन्त्री आए, न मेयर’ खुलामंच नजिकै रहेको बलबहादुरको घर भुकम्पले चिराचिरा पारेको छ । उनि भन्छन्, ‘दशै मनाउनत सरकारले राहत दिन्छकि भन्ने आस थियो । अब त्यो पनि सक्कियो ।’
बझाङमा भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको छ । जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३७६ घर तथा भवन छन् । जिल्ला विपत व्यवस्थापन समितीको विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । ६ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । जलविद्युत्, शौचालय, सामुदायिक भवनतर्फ ५० वटामा क्षति भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच