काठमाडौं । आम्बारी नकआउट फुटवल प्रतियोगिताको उपाधि उर्लाबारीको ब्रदर्श युनाइटेडले जितेको छ । बिहीबार भएको फाइनल खेलमा एम एफसी मंलबारेलाई २-० गोल अन्तरले पराजित गर्दै ब्रदर्श युनाइटेडले उपाधि उचालेको हो । उपाधिसँगै ब्रदर्श युनाइटेडले नगद ३० हजार नगद र ट्रफी प्राप्त ग¥यो भने उपबिजेता एम एफसीले नगद २० हजार र ट्रफीमा चित्त बुझायो ।
युनाइटेडको जितका लागि कप्तान सुवास तामाङले खेलको २२औं मिनेटमा गोल गर्नुभयो । दोस्रो हाफको १९औं मिनेटमा दिपेश थापामगरले दोस्रो गोल गरेपछि ब्रदर्शले २-० को जित निकालेको हो । खेलको म्यान अफ द म्याच ब्रदर्श युनाइटेडका सुवास तामाङ घोषित हुनुभयो ।
खेलको वेष्ट गोलरक्षक एम एफसी मंगलबारेका असीम खड्का, वेष्ट डिफेन्स एम एफसीकै मनिस धिमाल, हाइस्कोरर आयोजक आम्बारी फुटबल क्लब सञ्जय धिमाल घोषित हुनुभयो । वेष्ट मिडफिल्डर ब्रदर्शकै माल्दिना लिम्बु, वेष्ट फरवार्ड ब्रदर्शकै सन्तोष न्यौपानेले घोषित हुनुभयो । प्लेयर अफ द सिरिज एम एफसी मंलबारेका अनिल राईले प्राप्त गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच