
जेनेभा । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयेससले इजरायललाई गाजापट्टीमा इन्धन लैजान अनुमति दिन आग्रह गर्नुभएको छ । इजरायलको सहमतिपछि पानी, खाना र औषधिको पहिलो आपूर्ति आक्रमणबाट प्रभावित क्षेत्रमा बिहीबार गरिएको छ ।
‘इजिप्टबाट गाजामा पानी, खाद्यान्न र औषधि प्रवेशमा रोक नलगाउने इजरायलको घोषणालाई हामी स्वागत गर्दछौँ । अस्पतालका जेनेरेटर, एम्बुलेन्स र डिसेलिनेसन प्लान्टका लागि पनि इन्धन आवश्यक छ र हामी इजरायललाई गाजा प्रवेशका लागि अनुमति दिइएको जीवनरक्षक आपूर्तिमा इन्धन थप्न आग्रह गर्दछौँ,’ टेड्रोसले पत्रकार सम्मेलनमा भन्नुभयो ।
इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले बुधबार जानकारी गराएको थियो । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइनेछ ।
‘अमेरिकी राष्ट्रपति जो बाइडेनको आग्रहलाई ध्यानमा राख्दै इजरायलले इजिप्टमार्फत् मानवीय सहायता आपूर्तिमा अवरोध गर्ने छैन,’ प्रधानमन्त्री कार्यालयले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै भनेको छ । वक्तव्यमा भनिएको छ, ‘गाजामा शासन गर्ने हमाससम्म सहायता सामग्रीहरू नपुग्ने शर्तमा दक्षिणी गाजापट्टीका नागरिकहरूलाई सहायता प्रदान गर्न अनुमति दिइनेछ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच