आएछन् परदेश देशतिरका, छोरा र छोरी दुुबै ।
हर्षै हर्ष उमंग दीपित हुँदै, आनन्द मान्छौँ सबै ।।
वर्षा मेघ हटेर कान्त नभले, छर्दै शरद् लालिमा ।
जाई चम्पक मख्मली कुसुमले, भागे सबै कालिमा ।।
ं०
झर्ना हैमशिला नदी र छहरा, झन् सङ्लिए अग्लिए ।
देवी मन्दिर घण्ट शङ्ख तुुरही आबाजमा घन्किए ।।
कोदो धान भुुलोर भूूमितल नै, ऐश्वर्यमा हाँस्दछन् ।
पक्षी पुत्तली माहुरी भ्रमर जो उत्साहले नाच्दछन् ।।
०
अन्यायी असती त हार्दछ यहाँ दुुर्गा सिधै जित्दछिन् ।
दम्भी शुुम्भ निशुुम्भ तागत महाकाली त्यसै खिच्दछिन् ।
मारिन्छन् अहिरावणादि रणमा, दुुर्गा तथा रामले ।
टेक्छन् जानु (घुुँडा) सदैव राक्षस कयौँ, दुुर्गन्ध दुुष्कामले ।।
०
साँच्चैका महिषासुुरै सुुर टिपी, जो बन्दछन् गायक ।
देवी तागत हुन् ‘जनार्दन’ सधैँ, बुुझ्द्यौन नालायक ।।
लोभी मोह कुुभाव क्रोध मद औ मात्सर्य ठूला अरि ।
निष्ठा त्याग विनम्रता बल भए, नेतृत्व होला हरि !!
०
थापी आसिक मान्य पूूज्य जनका, समृद्ध हौँ शान्त हौँ ।
आफ्नै संस्कृति सभ्यता मुुलुकको रक्षा गरे बाँच्दछौँ ।।
रोपौँ प्रेम मिलाप आदर-तरू, यै हो दशैँको चुरो ।
देवीभक्ति सुुकर्मको पथ हिँडौँ कैल्यै हुँदैनौँ लुलो !!
समाप्तम् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच